पर्सा ३ जेठ –नेकपाकी संघीय सांसद प्रा.डा.पुष्पा कर्ण कायस्तले नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ लाइ नियन्त्रण गर्न र जनताहरुलाई परेको बिबिध समस्यालाइ समाधान गर्न मुख्यमन्त्री,संघ/प्रदेशका सांसदहरू,महानगरका मेयर सहितको वर्तमान र अगामी दिनको लागी ठोस योजना बनाउन ऑनलाइन ग्रुप मीटिंगको आयोजना सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी गर्नु पर्ने बताउनु भएको छ l
उहाले आफ्नो आधिकारिक सामाजिक संजाल फेसबुकमा स्टाट्स उल्लेख गर्दै यस्तो बताउनु भएको छ l उहाले सम्बन्धित पालिका प्रमुखहरूले आ-आफ्नो गाउठाउको कस्तो व्यस्था गर्नु भएको छ त त्यसको बारेमा प्रत्यक्ष भिडियोकन्फ्रेन्स मार्फत जानकारी लिन उचित ब्यवस्था मिलाउन सघाउ पुग्ने भएकाले यसको आवश्यक रहेको सांसद कायस्तले तराई खबरलाइ बताउनु भयो l
उहाले अबको अवस्थामा सरकारले नै राहत आदिको ब्यवस्था मिलाउन स्थानीय जनप्रतिनिधि अर्थात सम्बन्धित पालिका प्रमुखलाइ दिएको अवस्थामा उहारुले गरेको काम जिल्लामा कस्तो छ यो सम्बन्धमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले भिडियोकन्फ्रेन्सको आयोजना गरी जानाकारी गर्न र नगरेको काम गराउन तथा अहिलेको आगामी दिनमा कसरी गर्न सकिन्छ भने ठोस योजना बनाऊनको लागी यसले ठुलो सहयोग पुग्ने बताउनु भयो l
सम्बधित पालिकाले ब्यवस्था गरेको कोरोना अस्पताल,जिल्लाको ठाउ-ठाउमा बनाईएको क्वारेन्टाइन लगायतका अरु महामरीको समयमा लड़नको लागी गरिएको तयारी कतिको राम्रो छ या छैन,छैन भने उसलाई अझ कसरी राम्रो बनाउने लगायत अरु पनी बिषयमा छलफल गर्न भएकाले भिडियोकन्फ्रेन्सको आयोजना सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले गर्नु पर्ने आवश्यक रहेको तराई खबर संग संक्षिप्त प्रतिक्रया दिदै बताउनुभयो l
सांसद कर्णले एता पर्सको बीरगंजस्थित रहेको नारायणी अस्पताल लगायतको आइसोलेसन वार्डहरुमा खानपिन र सरसफाईको बिशेष ध्यान पुर्याउनु पर्ने औल्याउनु भयो l उहाले नारायणी अस्पतालमा देखिएको समस्या प्रति आफ्नो ध्यान आकर्षण भएको बताउनु भयो l
अन्तिम अपडेट २०७७/जेठ ३ गते