काठमाण्डौ । बारामा शुक्रबार ४२ जना पत्रकारहरुको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ । कलैया अस्पताल परिसरमा पत्रकारसँगै राष्ट्रिय अनुसान्धानका २ र ५८ जना अस्पतालमा कार्यरत चिकित्सक एवं कर्मचारी समेतको स्वाब संकलन गरिएको हो ।
यसरी संकलन गरिएको स्वाब आज मात्रै काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाईएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।
प्रदेश सरकारबाट प्राप्त १ सय २ थान किटले शुक्रबार स्वाव संकलन गरिएको कलैया अस्पतालका ल्याव शाखा प्रमुख शेष फुलमहमदले बताउनुभयो । ४२ सञ्चारकर्मीहरुसंगै राष्ट्रिय अनुसान्धानका २ र ५८ जना अस्पतालमा कार्यरत चिकित्सक एवं कर्मचारीहरुको शुक्रबार नै स्वाब संकलन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।
छिमेकी जिल्ला पर्सामा दुईजना पत्रकारलाई कारोना भाईरस ९कोभिड १९० संक्रमण देखिएपछि बारामा पहिलो पटक पत्रकारहरुको कोरोना परीक्षण गर्न लागिएको हो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसंगै फ्रण्टलाईनमा रहेर सूचनाको काम गरिरहेका पत्रकार साथीहरुको चाहना बमोजिम महासंघले कोरोना परीक्षणका लागि समन्वय गरेका पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्यायले बताउनु भयो ।
कोरोना परिक्षणका लागि जनस्वास्थ्यमा केन्द्र सरकारबाट २ सय ७१ प्रदेश सरकारबाट २ सय ५२ र नेपाली सेनाबाट १ सय ५० गरी जम्मा ६ सय ७३ थान पीसीआर किट प्राप्त भएको थियो । जसमध्य विभिन्न स्थानका क्वारेन्टानहरुको परीक्षण समेत गरी ५ सय २६ खर्च भई सकेको कलैया अस्पतालका भेक्टर एवं कोरोना फोकल पसर्न शंकर गुप्ताले जानकारी दिनुभयो ।
अब १ सय ५० पीसीआर किट बाँकी छ । त्यस्तै कोभिड १९ आरडीटी किट समेत २०० को हाराहारीमा मौज्दात रहेको उहाँको भनाइ छ । प्रदेश सरकारबाट किट प्राप्त हुने प्रकृमा रहेको छ । स्वाब संकलनबाट गरिने पीसीआर र रगतका माध्यमबाट तत्काल गरिने आरडीटी परीक्षणलाई निरन्तरता दिने प्रकृयामा अस्पताल लागिपरेको गुप्ताले जानकारी दिनुभयो ।