भारतीय सेना प्रमुखको वक्तव्यबारे बुझ्दै नेपाल सरकार

५ years अगाडी teraibulletin

भारतीय सेना प्रमुखको वक्तव्यबारे बुझ्दै नेपाल सरकार

काठमाडौं । भारतले नेपाली भूभाग अतिक्रमण गरेर सडकसमेत निर्माण गरिसकेको अवस्था रहेकाले त्यस विषयलाई समाधान गर्न नेपालले दुईपक्षीय वार्तामा ध्यान दिएको बताए । भारतका विभिन्न अधिकारीको सार्वजनिक धारणाबारे भने अहिले अध्ययन भइरहेको पनि उनले स्पष्ट पारे

भारतीय सेना प्रमुख नरवणेले शुक्रबार सुरक्षासम्बन्धी एक भिडियो कन्फरेन्समा नेपालले अरू कसैको इसारामा पिथौरागढ–लिपुलेक सडकको विरोध गरेको अभिव्यक्ति दिएका थिए । उनले त्यहाँ कुनै विवाद नरहेको समेत बताएका थिए ।

भारतीय सेना प्रमुखबाट आएको पछिल्लो अभिव्यक्तिबारे नेपाली सेनाले पनि आवश्यकताअनुरूप प्रस्ट र जिम्मेवार ढंगबाट विधिसम्मत तथा उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने जनाइसकेको छ । भारतीय सेना प्रमुख नेपाली सेनाको पनि मानार्थ हुने हुनाले सेनाको धारणा पनि उपयुक्त देखिएकाले यस विषयमा सेनाले छलफल गरिरहेको अधिकारीहरूले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?