उपचारका लागि धामीझाँक्रीका घर पुगेकी थिइन् कोरोनाबाट ज्यान गुमाएकी महिला

५ years अगाडी teraibulletin

उपचारका लागि धामीझाँक्रीका घर पुगेकी थिइन् कोरोनाबाट ज्यान गुमाएकी महिला

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ ।

सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताए । उनले नाम उल्लेख नगर्न भन्दै उपचारका लागि धुलिखेल लानुअघि १ युवकले मोटरसाइकलमा राखेर धामी झाँक्रीलाई देखाउन लगेकोमा त्यसका लागि स्थानीय महिलाका परिवारजन र स्थानीय युवाले सहयोग गरेको बताए ।

पछि एम्बुलेन्समा हालेर धुलिखेल अस्पताल उपचारका लागि लगिएको थियो । बाह्रबिसेका प्रहरीले एम्बुलेन्समा राखेर उपचारका लागि पठाएका थिए ।

सुत्केरी व्यथाले महिला २३ वैैशाखमा काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी थिइन् ।

२४ वैशाखमा अस्पतालमा  सामान्य रुपमा सुत्केरी भएकी थिइन् । वैशाख २५ गते डिस्चार्ज भई महिलालाई बाह्रबिसे नगरपालिका ९ राम्चेमा अवस्थित ठोटनेरीस्थित घरमा ल्याइएको थियो । महिलालाई बोलेरो गाडीमा हालेर घर ल्याइएको थियो । यो खबर आजको गोखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?