कोरोना संक्रमित युवकका परिवारको आरडिटी रिपोर्ट नेगेटिभ

५ years अगाडी teraibulletin

कोरोना संक्रमित युवकका परिवारको आरडिटी रिपोर्ट नेगेटिभ

दाङ । तुलसीपुर उपमहानगरपालिका-४ का एक कोरोना संक्रमितका घरपरिवारको आरडिटि परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार सोहि वडाका ४६ वर्षिय पुरुषमा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएपछि उनको घरमा रहेका सात जना परिवारको शनिबार आरडिटि विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

परिक्षणका क्रममा उनीहरु सवैको रिपोर्ट नेगेटिभ आएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थय प्रर्वद्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिएका छन् । संक्रमित ती पुरुष भने काठमाडौमा रहेका छन् ।

उनी गएको चैत महिनामा पश्चिम दाङको शान्तीनगर बस्ने बहिनी ज्वाईको उपचार गराउन काठमाडौ पुगेका थिए । उनको कोरोना भाईरस परिक्षण गर्दा पोजेटिभ देखीएको हो । उनी घर नआएको झन्डै डेढ महिना हुन लागेको बताईएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?