कैलालीको गौरीफंटा नाकाबाट उद्धार गरिएका नागरिक विभिन्न तीस जिल्लाका

५ years अगाडी teraibulletin

कैलालीको गौरीफंटा नाकाबाट उद्धार गरिएका नागरिक विभिन्न तीस जिल्लाका

धनगढी । कैलालीको गौरीफंटा नाकाबाट शनिबार तीस जिल्लाका ३ सय ७४ जनाको उद्धार गरिएको छ । भारतीय सीमावर्ती क्षेत्रमा आएर बसेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्धार गरी स्वदेश ल्याईएको हो ।

जसमा सबैभन्दा बढी बझाङका ८३ जना र कैलालीका ८१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले कञ्चनपुरका ५१ जना, बैतडीका २९ जना, सुर्खेतका २७ जना, चितवनका १४ जनाको उद्धार गरिएको जानकारी दिए ।

यस्तै सप्तरीका ७ जना, झापाका ११ जना, तनहुँका ८ जना, बाग्लुङका ७ जना, दैलेखका ५ जना, इलामका ५ जना, काठमाडौँका ४ जना, स्याङझाका ३ जना, नवलपरासीका ३ जना, पश्चिम रुकुमका ३ जना, बाँकेका ३ जना, बाजुरा, डोटी, बारा, उदयपुर दाङ, सिराह, जनकपुरका २/२ जना रहेका छन् भने चितवन, मोरङ, सुनसरी, सिन्धुलीका एक/एक जना रहेका छन् । (दिनेशखबर)

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?