पर्सा ४ जेठ समाज-बाराको कोतवाल गाउपालिकामा एका बिहानै बेवारिस अवस्थामा फालिएको ५ सयको नोट १६ थान फेला परेको छ l आदर्श कोत्वाल गाउँपालिकामा वडा नं ८ मा ५०० को १६ थान नोट भेटिएको स्थानियाले बताएका छन।
स्थानियाले फालेको नोट देखे पछि प्रहरी चौकी चिउटाहाका प्रहरी नायब निरीक्षक अवधेश चौबेलाइ खबर गरेका थिए । उनले घटनास्थलमा पुग्दा ५०० को १६ थान नोट फेला पारेको बताए।
स्थानीयका अनुसार फेला परेका सबै नोटहरु च्यातिएका छन् । स्थानियहरुलाई आतंकित पार्नका लागि कसैले नोट फालेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले नाेटहरू नियन्त्रणमा लिएको र घटनाको ठप अनुसंधान गरिरहेको छ l
अन्तिम अपडेट २०७७/जेठ-४ गते