महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका १० सिसैयाकी ३३ वर्षीया कोरोना संक्रमित महिलाको सम्पर्कका आएका परिवारका सदस्य सहित ३० जनाको रिर्पोट नेगेटिभ आएको छ ।
बेदकोटबाट काठमाडौँ फर्किएपछि कोरोना पोजेटिभ देखिएकी महिलाका परिवारका पाँच सदस्य सहितका ३० जनाको रिर्पोट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संक्रमित महिलाको सम्पर्कमा आएका ३० जनाको शनिबार धनगढीमा पीसीआर विधीबाट गरिएको परीक्षणबाट रिर्पोट नेगेटिभ आएको बताए ।
गत बैशाख २८ गते महेन्द्रनगरबाट काठमाडौँ फर्किएकी ती महिलाको टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । करिब दुई महिना कञ्चनपुर बसेर उनी सशस्त्र प्रहरीको स्वास्थ्यकर्मी टोलीसँगै छोराछोरी लिएर काठमाडौँ फर्किएकी थिइन् ।