विराटनगरका औषधि व्यवसायीको शंकास्पद मृत्यु

५ years अगाडी teraibulletin

विराटनगरका औषधि व्यवसायीको शंकास्पद मृत्यु

काठमाण्डौ । विराटनगर महानगरपालिका९१० मधुमारामा आइतबार बिहान एकजना औषधि व्यवसायीको शंकास्पद मृत्यु भएको छ । घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइकन हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका९१२ खनार घर भई विराटनगरमा औषधिको डिलर सञ्चालन गर्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको मृत्यु शंकास्पद देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आएका थिए । सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे कोसी अस्पताल पुर्‍याइएको थियो ।

प्रहरीका अनुसार श्रीमती मीना श्रेष्ठ दुलाल, छिमेकी कल्याण राजवंशी र अर्का औषधि व्यवसायी धनबहादुर काफ्ले मिलेर उपचारका लागि पुर्‍याउना साथ अस्पतालले मृत घोषित गरेको थियो ।

मृतकको शवको अवस्था हेर्दा चिकित्सकले मृत्यु अस्वभाविक रहेको बताएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । डीएसपी राईका अनुसार दुलालको नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव रहेकाले घटनालाई शंकास्पद मानिएको हो ।

शरीरका विभिन्न भागमा आक्रमण गरे जस्तो देखिने शंकास्पद चोटहरु रहेका थिए । घाँटीमा डोरीले कसेको डाम रहेको पाइयो, उनले भने, मुखबाट रगत बगिरहेको थियो । सुतेको ओछ्यानमा रगत लतपतिको भेटियो ।

डीएसपी राईले घटनास्थल मुचुल्का उठाउँदै गम्भीर ढंगबाट अनुसन्धान अघि बढाइएको बताए । प्रहरीले दुलालकी श्रीमती मीना, विराटनगरकै औषधि व्यवासायी धनबहादुर काफ्ले र हरिमोहनश्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथि सोधपुछ गर्दै घटनाको अनुसन्धान गर्ने काम भइरहेको जानकारी राईले दिए । प्रहरीकाअनुसार औषधि व्यवसायी काफ्ले र श्रेष्ठ राती अबेरसम्म दुलालकै कोठामा मदिरा सेवन गर्दै बसेको खुलेको छ ।

ुमदिरा सेवन गरेर दुईजना त्यहाँबाट हिँडेको र दुलाल आफ्नै कोठामा सुतेको भनिएको छ,ु डीएसपी राईले भने, ुसुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको भनिए पनि घटनालाई त्यति सहज लिन सक्ने अवस्था छैन ।

प्रहरी नियन्त्रणमा रहेकी दुलालकी श्रीमती मीनाले श्रीमान उच्च रक्तचापको बिरामी रहेको र त्यही कारणले मृत्यु भएको हुन सक्ने दाबी गरेकी छन् । ुहामी एउटै कोठाको अलग९अलग ओछ्यानमा सुतेका थियौं । ब्युझिएर बिहान हेर्दा उहाँ बेहोस हुनु हुन्थ्यो, मीनालाई उद्रित गर्दै प्रहरीले भन्यो, त्यसपछि उहाँकै साथी र छिमेकी समेतलाई बोलाएर उपचारका लागि लिएर गयौँ । तर उहाँलाई जीवितै घर फर्काउन सकेनौं ।

डीएसपी राईले राति अबेरसम्म दुलालकै कोठामा मदिरा सेवन गरेर बसेको खुलेपछि अरु दुईजना औषधि व्यवसायीलाई नियन्त्रणमा लिइएको बताए । त्यस्तै एउटै कोठामा सुतेका श्रीमानको मृत्यु हुँदा पनि थाहा नपाएको बताएपछि र शव हेर्दा मृत्यु अस्वभाविक देखिएपछि श्रीमतीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ थालिएको उनको भनाइ छ ।

दुलाल र मीनाका ८ वर्षका छोरा छन्।डीएसपी राईले शवलाई पोस्टमार्टमकालागि कोसी अस्पतालमा राखिएको जानकारी दिए । पोस्टमार्टम रिपोर्ट आएपछि र अनुसन्धान टुँगिएपछि घटनाको वस्ताविकता बाहिर आउने उनको भनाइ छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?