लकडाउनलाई कायमै राख्ने उच्चस्तरीय समितिको निर्णय

५ years अगाडी teraibulletin

लकडाउनलाई कायमै राख्ने उच्चस्तरीय समितिको निर्णय

काठमाण्डौ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार अपरान्ह रक्षा मन्त्रालयमा बसेको समन्वय समितिको बैठकले लकडाउन बढाउन मन्त्रिपरिषदलाई सफिारिस गर्ने निर्णय गरेको हो।

लाकडाउनको अवधि लम्ब्याउन सिफारिस गरे पनि कति दिन बढाउने भन्ने बारेमा कुनै टुंगो भने भएको छैन।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको र देशभर फैलिने अवस्था आएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि लकडाउन नै उत्तम विकल्प भएको भन्दै अवधि लम्ब्याउन सिफारिस गरेको एक मन्त्रीले बताए।

‘लकडाउनको मिति थप गर्ने निर्णय भएको छ, कति भन्ने टुंगो भएको छैन’, नेपालखबरसँग कुरा गर्दै ती मन्त्रीले भने।

उनले लकडाउनको स्वरुपमा खासै परिवर्तन नहुने बताए। ‘केही सामान्य हेरफेर होला तर धेरै परिवर्तन हुने अवस्था छैन’, उनले भने।

लकडाउनको विषयमा निर्णय गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको रोकथा तथा नियन्त्रणका लागि भन्दै देशभर लागू हुनेगरी लकडाउन घोषण गरेको थियो। पछिल्लो पटक थप गरिएको लकडाउनको अवधि जेठ ५ गते ९भोलि०सम्म कायम रहेको छ।

सरकारले १० देखि १५ दिनसम्म लकडाउनको अवधि लम्ब्याउने तयारी गरिरहेको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?