पर्सा ४ जेठ –बिश्वभर महामरीको रुपमा नै फैलएको नोबेल कोरोना भाइरस अर्थात कोभिड -१९ बाट बाच्नको लगी सरकार मुलुक भरी गरेको लकडाउन आज ५६ औ दिन पूरा भएको छ l यो लकडाउको दिनलाई कसरी सदुपयोग भईरहेको र कसरी गर्ने भने बारेमा हामीले आजको तराई सम्बाद कार्यक्रममा एक जाना नव उद्यामन बिद्यार्थी युवक आनन्द साहलाइ निम्तयाएको छौ l
हाम्रो पहिलो प्रश्न थियो यो महामारीबाट बाच्नको लागी गरिएको लकडाउनलाइ तपाई कसरी हेर्नु भएको छ र तपाईलाई कस्तो प्रभाव पार्यो ?
उनि भन्छन:-लकडाउनुको ५६ औ दिन अहिले हामी एकदमै खराब समयको सामना गरीरहेको बताउछ्न,अगाडी भन्छन यस्तो समयमा मनमा पिडा,चिन्ता हुनु स्वभाविक कुरा हुन उनी बताउछन । तर,आवश्यकता भन्दा धेरै मनमा पिडा,चिन्ता लिँदैमा केही कुरा परिवर्तन नहुने उनको भनाई रहेको छ l
हामीले सोधेका थियो तब के गर्ने ?अहिलेको अवस्थामा धेरै जना चिन्तिंत छन र मनमा धेरै कुरा केलाई रहेका छन l
-हामी जस्तोसुकै बाधा र परिस्थितिलाई सामना गरेर आत्मासन्तुस्टिका साथ अगाडि बढेमा उद्धेश्य प्राप्तिमा कुनै कठिनाई आई पर्दैन यो कोभिड १९ को महामारीमा ५६औ दिन देखि हामी घरमा बस्दै आइरहेको छौ l यो महामरिमा हामीले आफ्नै घरमा बसेर आगामी दिनको लागी योजना बनाउनु पर्ने कुरा बताउछन l
-आगामी दिनको कार्य योजना तथा भबिष्यमा गर्नु पर्ने कामको विषयमा आफु भन्दा जानकार (सम्बन्धित विज्ञ ) संग घरमै बसी बिभिन्न प्रबिधिको साधनलाई प्रयोग गरी जानकारी लिनू पर्ने l
-हामीले साप्ताहिक योजनामा कहिले के र कसरी गर्देछौ भन्ने बिसय उलेख गर्नुपर्छ l
-हरेक दिन हामीले के सिक्नु भयो भन्ने समझने र के सुधार गर्न सकिन्थियो भन्ने सोच्नुपर्छ l
-हामीले अनुसन्धान,सुधार,विस्तार र प्रयोगमा ध्यान दिनुपुर्यायौ भने हाम्रो उर्जाशक्ति सधैँ उच्च हुनेछ र हामीले के सिक्दै छौ के कुरा सुधार गर्न सक्छौ भन्ने यो लकडाउनको समय अवधिमा घरमै बसेर सोच्नुपर्छ l
हामीले उनलाई फेरी सोधेका थियौ – यो त अरुलाई बताउने कुरा भयो तपाईले कसरी लकडाउनको समय अवधिलाई सदुपयोग गर्दै हुनुहुन्छ ?
उनी भन्छन:- म बारा जिल्लाबाट उच्चशिक्षा पूरा गर्नको लागी बीरगंज आएको छु, म संग मेरो सानो भाई पनी छन l हामी एकै ठाउमा दुबै दाजूभाई बसीरहेका छौ l
-यो महामारिको समयमा तपाइलाई थाह नै छ सम्पूर्ण बिद्यालयको पठनपाठन बन्द भएको छ र त्यसैले म संग बस्दै आएको मेरो सानो भाईलाइ म जाने बुझेको पढ़ाउछु , हामी संगै मिलेर खाना पकाउने बसने कोठालाइ सफा गर्ने इत्यादि काम मिलेर गर्छौ l
म सानो भाईलाइ आफु त भन्दा ठुलो छु भनेर कहिले पनी नहप्काई साथी जस्तो ब्यवहार गर्छु l ताकि उनको मनमा भएको महारीको समयमा डर त्रासले उनलाई प्रभाव नपारोस l अनी बढ़ी गरी उनको मनको कुरा सुन्छु उनलाई आज के मन पर्यो,के चाहिन्छ,कस्तो छ,भनी सोधी रहन्छु,समय मिलाएर हामी आफै दुबै जाना खेलने समेत गरेको युवक साह बताउछन l
अगाडी भन्छन:-हामी त मात्र दुई जान दाइभाई बस्छौ तर याहाको स्थानी (स्थायी बासी) आफ्नो परिवार संगै बसेका ब्यक्तिहरुको हकमा उनी भन्छन ,संगै मिलेर काम गर्ने जसरी श्रीमानले पनी आफ्नो श्रीमतीलाइ काममा सघाउने,आफ्ना स-साना नानिबाबूलाइ समय दिने ,घर परिवारका अन्य सदस्यको पनी भवना बुझने,छिमेकी संग समेत समय अनुकूल सामाजिक दुरीको(कोरोना भाइरसबाट बाच्ने एक उपाय) पालना गर्दै मनका कुरा सटासाट गर्न, इत्यादि काम गर्दै हामीले महामरीको समयमा गरेको लकडाउन भरीको समय अवधिलाई यसरी नै सदुपयोग गर्न सक्ने उनले बताए l
साह जी हाम्रो तराई सम्बाद कार्यक्रमको अन्त्यमा आइसकेका छौ अझ केही भन्नु हुन्छ ?
यदि हामी सक्छौ भने कसैलाई हिमत र साहस दिनुपर्ने तर कहिले कसैलाई कमजोड बनाउनको निम्त अफवाह शब्द,समाचार,सुचना वा बिबिध अनेकार्थ नकरात्मक किसिमको कुरा समाजमा नफैलाउने किन भने एक-एक शब्दमा धेरै ताकत र जोश हुन्छ र हामीले यसलाई जहा जसरी प्रयोग गर्छौ उसको उस्तै प्रभाव पर्छ त्यसर्थ समाजलाइ यो महामारिको समयमा गलत सुचना दिनु भन्दा आफुले जानेको सही कुरा एक-अर्कालाई बताउनु पर्ने अहिलेको समयमा त्यही नै एउटा सभ्य नागरिको कर्तब्य रहेको नव उद्यामन बिद्यार्थी युवक आनन्द साहले भन्छन l
हस्त आजको हाम्रो तराई सम्बाद कार्यक्रम सकिएको छ ;समय र सम्बादको लागी समय दिनु भएकोमा नव युवक आनन्द साहलाई धन्यावाद l
आनन्द साह:-हस मेरो कुरा राख्न मौक़ा दिनुभयो र समूर्ण पाठकको माझमा पुर्यादिनु भएकोमा तपाई र तराई खबरको सम्पूर्ण टीमलाई धेरै धेरै धन्यावाद छ l
हस आजको हाम्रो कार्यक्रम तराई सम्बाद तपाई सम्पूर्ण पाठक वर्गलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सनु होला l आजको तराई सम्बादको समय एही समाप्त भएको छ l अब अर्को सम्बादमा फेरी तपाई सम्पूर्ण पाठक संग भेट हुने नै छ तब सम्मको लागी कार्यक्रम उत्पादक ज्ञानेन्द्र यादव र हाम्र पाठकलाइ धेरै धेरै धन्याबाद म सम्बाद कार्यकमको संचालक पर्साबाट श्रीनारायण-महतो बिदा हुन्छु नमस्कार !
अन्तिम अपडेट २०७७/ जेठ-४ गते