प्रदेश १ मा थप ३ जनामा कोरोना संक्रमण

५ years अगाडी teraibulletin

प्रदेश १ मा थप ३ जनामा कोरोना संक्रमण

काठमाण्डौ। प्रदेश १ मा थप ३ जनामा कोरोना संक्रमण,दुइ विराटनगरका र एक धनकुटाका संक्रमण
विराटनगर, ४ जेठ । प्रदेश १ को विराटनगर महानगरपालिकामा २ जना र धनकुटाका एक जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ ।

विराटनगरका ३६ बर्षका पुरुष र २९ बर्षकी महिला रहेका छन् भने धनकुटाका ३४ बर्षकी महिलाको आइतवार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पीसीआर टेष्टको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई विराटनगर स्थित कोरोना उपचार केन्द्रमा ल्याउने तयारी भइरहेको सो अस्पतालले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?