अबैद्ध हतियार सहित जनकपुरबाट दुई जाना पक्राउ

५ years अगाडी teraibulletin

अबैद्ध हतियार सहित जनकपुरबाट दुई जाना पक्राउ

जनकपुर ५ जेठ समाज –जिल्ला प्रहरी कार्यलय धनुषाले हतियार सहित दुई जाना युवकलाइ पक्राऊ गरेको छ l

जिल्लाको शहीदनगर नगरपालिका वडा -३ झण्डा चौक स्थित बिषेश सुचनाको आधारमा प्रदेश न:२ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका आधारमा ज.१२ प ५१६५ नम्वरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा मोटरसाईकल को पछाडि सवार धनुषा का कमला नगरपालिका-८ हरिने बस्ने वर्ष १८ को अक्षय पासवान र सोही स्थान बस्ने वर्ष २० को सुनिल कुमार साह को साथबाट कटुवा पेस्तोल थान १ र ऐ.को गोली राउन्ड ३ बरामद भएको प्रदेश न:२ प्रहरी कार्यालय जनकपूरले जनाएको छ l

उक्त पेस्तोल, गोली र मोटरसाईकल सहित नियन्त्रणमा लिएको तथा घटनाको सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानाएको छ ।

अन्तिम अपडेट २०७७/ जेठ- ५ गते सोमबार  

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?