धर्मेन्द्र कुमार यादव- महोत्तरी,
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा १ जनालाइ कोदाले हानी घाइते बनाएको छ। मनरा सिशवा नगरपालिका १ बस्ने ५० बर्षिय कमपित साह लाई स्थानिय शंकर सिहले कोदाले ले हान्दा घाइते बनाएको छ।
आफ्नो घरायसी कामको लागि टायर गाडा लिएर खेतमा गइरहेको बेला निज संकर साहले अचानक कोदालो प्रहार गरी जान मार्ने प्रयास गरेको थियो तर साहले जान बचाउन खोज्दा कोदालो उछिटिएर उसको बायाँ हातमा काटीएको थियो।
हात काटिए पछी घाइते भएका साहको प्राथमिक उपचार स्थानिय स्वास्थ्य चौकीमा भइरहेको र दोसीलाई व्यापक रुपमा खोजतलास भइरहेको कुरा प्रहरी चौकी मनराका इन्चार्ज कर्ण बहादुर बोहरालाई उदृद गर्दै प्रहरीले जनाएको छ।
यसरी गाउमा जनसंख्या बढी भएको कारन पटक पटक हामिहरु माथी हमला भइरहेको कुरा परिवारिक श्रोतले जनाएको छ।