पाकेको मकै खेतमा नै कुहिन थाल्यो सरकार:उचित राहतको ब्यवस्थापन गरिदिन किसानहरुको मांग

५ years अगाडी teraibulletin

पाकेको मकै खेतमा नै कुहिन थाल्यो सरकार:उचित राहतको ब्यवस्थापन गरिदिन किसानहरुको मांग

आनन्द साह -पर्सा  ५ जेठ -मकैको उचित मूल्य नपाउदा मैके खेती गरी मकै उत्पादन गरेका बाराका कृषकहरू लगाएनी नै डूबने चिन्ताले चिन्तित भएका छन l बाराको बारागढ़ी गाउपालिकाको बिभिन्न वडामा कृषकहरुले लगाएका मकै पाकी सकेको र अब बेच्ने समयमा आएर उचित मूल्य नपाउदा कृषकहरू निरशा भएका बारा गाढ़ी गाउपलिकाका वडा न:-४ सुखिपथराका मकै कृषिक मुकेश साहले बताएका छन

साह मात्र उदहारण रहेका छन ,ऊनि जस्तै बारागढ़ी गाउपलिकको छिमेकी पालिकाको कतिपय किसान यस्ते उचित मूल्य नपाएर चिन्ति भएको तराई खबरलाइ बताएका छन l मकै रोपाईदेखि भित्रियाउने समयसम्म लगत धेरै लागने तर अन्त्यमा आएर उचित मूल्य नपाएर किसान आर्थिक मारमा थालेको उनीहरू बताएका छन l

बाराको कतिपय पालिकाको गाउहरू जस्तै शुखिपथारा ,नयाटोला,पोखरिया,पिपरा,बसतपुर लगायतका किसानले लगाएका मकैबालीमा खर्च(लगत) समेत ननिस्कने हो की चिन्ता सताउन थालेको कृषक नबीन साहले बताए l

छिटफूट ब्यापारी गाउमा आएको भएतापनी उनिरुले पनी आफ्नो मनपरी मूल्य तोकन थालेकोले कृषकहरू ठुलो आर्थिक मारमा परेको साहले बताए l ऊनि भन्छन हामी किशान दुबदै छौ,आर्थिक भार थपियो अनी सरकार संग ऋण लिएर खेती गरेका छौ ,अनी कसरी सरकारको ऋण तिरने अब सरकारले पनी हाम्रो लागी राहको ब्यवस्था गर्नु पर्ने माग गरे l

कृष्क साह जस्तै बाराको उक्त पालिका लगायत आसपस अर्थात मकै खेती गरेका कृषहरुले भन्छन:-सरकारले जसरी अन्य वर्गको लागी राहतको प्याकेजको घोषणा गर्दैछ यसरी नै पीड़ा परेका कृषकको लागी उचित प्याकेजको घोषणा गर्नु पर्ने माग गरेका छन lसरकारले आर्थिक बर्ष २०७७/७८ को आर्थिक बजेटमा आर्थिक मार्कामा परेका कृषको लागी बिशेष बजेटको ब्यवस्था हुनु पर्ने सरकार संग आग्रह गरेका छन l

अन्तिम अपडेट २०७७/जेठ ५ गते -सोमबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?