सिरियामा सात जना लडाकू फरार

५ years अगाडी teraibulletin

सिरियामा सात जना लडाकू फरार

काठमाण्डौ । दमास्कस, इस्लामिक स्टेट समूहसँग आबद्ध सात जना आतंककारी उत्तरपूर्वी सिरियाको कुर्दिस बहुल क्षेत्रस्थित एक कारागारबाट फरार भएका छन् ।

साना समाचार समितिका अनुसार यी कैदीहरु अल–हावाल नगरमा रहेको कारागारबाट फरार भएका हुन् । कुर्दिस सिरियाली डेमोक्रेटिक फोर्सले फरार कैदीको खोजी थालेको छ ।

अर्को कुर्दिस नगर अल–सिनाबाट पनि मार्च महिनाको अन्त्यतिर तल्लो तहका इस्लामिक स्टेटका लडाकूहरु फरार भएको बताइएको छ । रासस

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?