रोल्पा ६ जेठ –अस्पतालको आइसोलेशनमा रहेका एक रोल्पाका एक युवकको ज्यान गएको छ । जिल्लाको रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको हिजो (सोमबार) दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिए ।
उनी काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका थिए र आइतबार बेलुकी मात्रै रोल्पा पुगेर अस्पतालको आइसोलेशनमा बसेका थिए । ज्यान गुमाएका युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा. घर्तीले बताए ।
अन्तिम अपडेट:२०७७/ जेठ ६ जेठ मंगलबार