जम्मू(कश्मीरमा सुरक्षाकर्मी र लुकेर बसेका आतंककारीबीच गोली हानाहान

५ years अगाडी teraibulletin

जम्मू(कश्मीरमा सुरक्षाकर्मी र लुकेर बसेका आतंककारीबीच गोली हानाहान

काठमाडौं । जम्मू(कश्मीरमा सुरक्षाकर्मी र आतंककारी समुहबीच गोली हानाहान भएको छ । गएराति जम्मू कस्मीरस्थित श्रीनगरको घनाबस्तीमा भूमिगत आतंककारी लुकेर बसेको सुचना पाएपछि सुरक्षाकर्मीले त्यस क्षेत्रमा घेरा हालेपछि गोली हानाहानको स्थिती सृजना भएको थियो ।

घटनामा के कति क्षति भयो भन्नेबारे पूर्ण जनकारी आइसकेको छैन् । यसबारेमा स्थानीय प्रहरीले अनुसन्धान तथा तथ्याङ्क संकलन गरिसकेपछि जनकारी आउने भन्दै जम्मू(कश्मीर प्रहरीले ट्वीटमा बताएको छ ।

सो क्षेत्रमा अहिले मोवाइलका साथै इन्टरनेट सेवा बन्द गरिएको र बीएसएनएलको पोस्टपेड सेवा मात्रै संचालनमा ल्याइएको छ । एक साता अघि हिजबुल मुजाहिद्दिन समूह र सुरक्षाकर्मीबीच मुँठभेड भएको थियो । सो क्रममा हिजबुल मुजाहिद्दिन समूहका एक मारिएका थिए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?