काठमाण्डौ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश १ मा पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् भने दुईजना सुनसरीका रहेका छन् ।
कुल संक्रमितमध्ये २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवकको मृत्यु भएको छ ।
हिजो ९सोमबार० एकैदिन ८० जनामा कोरोना पुष्टि भएको थियो । आइतबार पनि नेपालमा १४ जना नयाँ संक्रमित थपिएका थिए । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।
नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन् । बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ९४ पुगको छ । त्यस्तै बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन् । चैत ११ गते देखि देश नै ‘लकडाउन’मा छ ।