कोरोना भाइरसबाट बाच्नको लगी पर्सामा ध्वाजारोहण गरियो

५ years अगाडी teraibulletin

कोरोना भाइरसबाट बाच्नको लगी पर्सामा ध्वाजारोहण गरियो

पर्सा ६ जेठ –पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरन्चीवर्वामा आज कोरोना भाईरसलाई हराउन तथा अनेक बिघनबाधा अडचनलाई बचाउ गर्नका लागी र देशमा अमनचयन र सुखशान्तिका लागी भवानीमाई मंदिरमा महाबिरी धवाजा ध्वाजारोहण गरिएको छ ।

सम्मपुर्ण गाउँवासीको तर्फबाट स्थानिय अगुवा जयनारायण पटेल, अम्बिका ठाकुर, बृजकिशोर चौहान, छबिलाल राउत कम्मकर लगायत दर्जनौ स्थानिय अगुवा तथा स्थानियहरुको सहभागीता रहेको थियो ।

ध्वाजारोहण पश्चात अब गाउँवासी र हाम्राे क्षेत्र लगायत देशमा कुनै किसिम्मको महामारीले खोट पुर्याउन नसक्ने बिश्वास रहेकाे स्थानिय देवनाथ ठाकुरले बताए ।ध्वाजारोहण गर्दै बिभिन्न संस्कृत मंत्रबाट पुजापाठ समेत गरिएको थियो । स्थानिय पुजारी राजेश तिवारीले बिहान ७ बजे देखी ११ बजे सम्म लगातार सुखशान्तिका लागी मंत्र पढी कामना गरेका थिए।

अन्तिम अपडेट २०७७/ जेठ ७ गते –बुधबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?