लकडाउनको कारण लामो समय सम्म बीरगंजमा फसेका १९८ भारतीय नागरिकलाइ स्वदेश फर्काइयो

५ years अगाडी teraibulletin

लकडाउनको कारण लामो समय सम्म बीरगंजमा फसेका १९८ भारतीय नागरिकलाइ स्वदेश फर्काइयो

पर्सा ६ जेठ –नेपाल र भारतमा जारी लकडाउनका कारण लामो समयदेखि आफ्नो देश फर्किन नपाएका १ सय ९८ जना भारतीय नागरिकलाई मंगलबार दिउँसो स्वदेश पठाइएको छ ।वीरगन्जको एकीकृत भन्सार चौकी (आइसीपी) हुँदै उनीहरुलाई भारतीय कर्मचारीको जिम्मा लगाइएको थियो ।

भारत विहार राज्यको पूर्वी चम्पारण जिल्ला प्रशासनका कर्मचारीले आफ्ना नागरिक जिम्मा लिएका थिए । १ सय ९८ मध्ये ९९ जना भारतीयलाई वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएको थियो ।

कोभिड १९ संक्रमण भई निको भएका १ सहित २५ जना जमाती र आफन्तको घरमा सेल्फ क्‍वारेन्टाइनमा बसेका भारतीय नागरिकसहित १ सय ९८ जनालाई भारत सरकारको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी ललितकुमार बस्नेतले बताए ।

यसैगरी भारतका विभिन्न राज्यबाट नेपाल फर्किने क्रममा सीमावर्ती रक्सौलको क्‍वारेन्टाइनमा रहेका २ सय २२ नेपाली नागरिकलाई बुधबार वीरगन्ज ल्याइने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

अन्तिम अपडेट २०७७/ जेठ ७ गते –बुधबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?