तराइ खबर समाचारदाता- धनुषा,
राहत माग गर्दै नगरपालिकाको कार्यालय घेराउ गर्न आइपुगेका विपन्न तथा मजदुर परिवारले राहत पाउने आश्वासन पाएपछि घर फर्किका छन् ।
मंगलबार राहत माग गर्दै विपन्न तथा मजदुर परिवारले धनुषाको मिथिला नगरपालिकाको ढल्केवरस्थित कार्यालय केही बेर घेराउ गरेका थिए । कार्यालय घेराउ गर्न आएका विपन्न तथा मजदुर परिवार मिनपा वडा नं. ११ तल्लो तुलसीका करिब ५५ घरका गरी लगभग १ सय ५० जनाको समुहमा आएका थिए ।
कार्यालय घेराउ पश्चात उपमेयर तारा लामा बस्नेतले अपझर्ट राहत उपलब्ध गराउन नसकिने तथा यसको लागि केही दिन लाग्ने बताएपछि उनीहरु घर फर्किएका हुन् ।
कार्यालय घेराउ गर्न आएकाहरुले ५५ विपन्न घरपरिवारको नामाबली समेत कार्यालयमा बुझाएका थिए ।
मिनपाका मेयर हरिनारायण महतोले यस अघि नगरपालिका र प्रदेश सरकारको संयोजनमा १५ किलो चामलसहित खाद्यन्य सामग्री वितरण गरेको बताए । दोस्रो चरणमा प्रदेश सरकारले उपलब्ध गराएको ३० किलो चामलसहितको खाद्यन्य सामग्री प्रत्येक वडामका ६० विपन्न घरपरिवारलाई राहत स्वरुप खाद्यन्य सामग्री उपलब्ध गराएको छौं । ‘त्यस बाबजुद पनि त्यस्ता परिवार छन भने उनीहरुको पहिचान गरेर उपलब्ध गराउछौं’ मेयर महतोले भने । उनले यसका लागि बजेट बिनियोज गर्नपर्ने भएकोले केही समय लाग्ने पनि बताए ।
सभार:- प्रदेश टिभी