जनकपुरको गोपाल धर्मशालामा ५० वेडको क्वारेन्टाईन स्थापना

५ years अगाडी teraibulletin

जनकपुरको गोपाल धर्मशालामा ५० वेडको क्वारेन्टाईन स्थापना

तराइ खबर समाचारदाता- जनकपुर, जनकपुरधाममा रहेको गोपाल धर्मशालामा ५० वेडको क्वारेन्टाईन स्थापना गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले १ सय वेडको क्वारेन्टाईन निर्माण गर्ने लक्ष्य लिएपनि शुरुको चरणमा ५० वेड सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जानकारी दिए ।

खास गरेर क्वारेन्टाईनका लागि चाहिने सवै प्रकारको पूर्वाधारहरु रहेको र सुरक्षित पनि भएकाले क्वारेन्टाईन निर्माण गरेर आजै देखि सञ्चालनमा ल्याएको प्रमुख साहले जानकारी दिए ।

उपमहानगरपालिकाले पहिला सम्पूर्ण धर्मशाला तथा परिसरलाई सेनिटाईज गरेर प्रत्येक कोठामा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको वेडको व्यवस्थापन गरिनुका साथै प्रत्येक वेडमा तातो पानीका लागि हिटर सहितको जग, नयाँ पेष्ट, ब्रस, झुल, तन्ना सहितको वेड, खानाका लागि चाउँ चाउँ, बिस्कुट, कपडा धुने तथा नुहाउने साबुन सहितको सामाग्री वेडमा व्यवस्थापन गरिएको छ ।

यसैगरी फ्रि वाई फाईको व्यवस्था, टावेल, रहेक कोठा अगाडी डष्टविन, वस्नका लागि कुर्सी पनि व्यवस्था गरिएको छ । साथै कारेन्टाईनमा वस्ने कोरोनाको संकास्पदहरुको प्रतिरोधक क्षमताको बृद्धि गर्नका लागि योगाभ्यासको पनि व्यवस्था मिलाउन लागेको नगरप्रमुख साहले जानकारी दिए ।

क्वारेन्टाईनमा वस्नेलाई विहान वेलुकाको खाना, नास्ता तथा चियाको व्यवस्था गरिएको उहाले जानकारी दिए । खास गरेर भारतवाट अहिले औपचारिक मार्ग भएर नेपालीहरु आउने क्रम बढेकाले जनकपुरधाममा क्वारेन्टाईन स्थापना गरिएको छ ।

कोरोनाको संक्रमण बढेको खण्डमा जनकपुरधाम उपहमानगरपालिकाको वसहीयामा रहेको ईन्जिनियरीङ कलेजको खाली भवनमा सञ्चालन गर्ने विषयमा उपमहानगरपालिकाले प्रदेश सरकारसंग समन्वय पनि गरिरहेको नगरप्रमुख साहले जानकारी दिए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?