कोरोना परीक्षणको शुल्क निर्धारण भएको छैन हल्लाको पछाड़ी नलागन स्वास्थ्य मन्त्रालयको आग्रह

५ years अगाडी teraibulletin

कोरोना परीक्षणको शुल्क निर्धारण भएको छैन हल्लाको पछाड़ी नलागन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ ७ जेठ-सरकारले कोरोनाको परिक्षण शुल्क तिरेर पनी गराउन सकिने भने पछि नागरिक स्तरबाट सरकारको आलोचना भईरहेको बेला  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको स्पष्ट पारेको छ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मन्त्रालयले शुल्क तोकेको हल्ला भएपछि मन्त्रालयले कुनै शुल्क नतोकिएको जनाएको हो । सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिबारे निर्देशिका बनाएको छ । कोरोना परीक्षण गर्नुपर्नेहरुको सरकारले नै नि:शुल्क परीक्षण गर्दै आएको छ ।

तर सरकारी निर्देशिकाको मापदण्डबाहिरका व्यक्तिले पनि कोरोना परीक्षण गर्न चाहेमा शुल्क तिरेर परीक्षण गराउन सक्ने जनाएको छ । शुल्कको बारेमा छलफल भइरहेको तर टुंगो नलागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो ।

सरकारले निजी अस्पताललाई आरडीटी र सरकारी अस्पताललाई पीसीआर विधिमार्फत शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने निर्णय गरेको छ । तर स्मरण रहोस सरकारको मापदण्डमा पर्नेलाइ शुल्क नलाइन नेपाल सरकार तथा स्वास्थ्यमन्त्रालयले जनाएको छ l

अन्तिम अपडेट २०७७/ जेठ ७ गते –बुधबार

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?