काठमाण्डौँ उपत्यकामा पहिलोपटक प्रहरी अधिकारीलाई कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

काठमाण्डौँ उपत्यकामा पहिलोपटक प्रहरी अधिकारीलाई कोरोना संक्रमण पुष्टि

काठमाण्डौँ७ जेठ –महानगरीय प्रहरी वृत कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वृत प्रमुख रुगम कुँवरको अनुसार एक जना नायब निरीक्षक-सई र एक जवानलाई कोरोना भाइरस अर्थात कोभिड -१९ को संक्रमण पुष्टि भएको बताए l

वृत,त्योसँगै रहेको ट्राफिक कार्यालय र महिला सेललाई सिल गरिएको कुँवरले जानकारी गाराएका छन। काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी अधिकारीलाई कोरोना संक्रमण भएको यो पहिलोपटक को घटना भएको उनले बताएका छन l

अन्तिम अपडेट २०७७/ जेठ ७ गते –बुधबार

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?