धनसिँहपुर कृषि सहकारीद्वारा टीकापुरका सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

५ years अगाडी teraibulletin

धनसिँहपुर कृषि सहकारीद्वारा टीकापुरका सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ८ बटनपुर स्थित धनसिँहपुर कृषि सहकारी संस्थाले टीकापुरका सञ्चारकर्मीहरुका लागि मंगलबार स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।

संस्थाका अध्यक्ष धनसिँह साउँदले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीलाई सामाग्री हस्तान्त्रण गर्दै अहिलेको विषम परिस्थितिमा पनि गाउँ गाउँसम्म पुगेर र कोरोनासंग नडराइ सुरक्षित रहनका लागि सत्यतथ्य कुराहरू मिडियामार्फत जनताका सामु ल्याउन लागिपरेका सञ्चारकर्मी पनि सुरक्षित रहनुपर्ने भन्दै उनले संस्थाले सानो सहयोग गर्न खोजेको बताउनुभयो ।

उहाँले २५ थान सेनिटाइजर, २ पाकेट सर्जिकल मास्क र २ पाकेट ह्यान्ड ग्लोब उपाध्यक्ष भण्डारीलाई हस्तान्त्रण गर्नुभएको हो ।

स्थानिय सञ्चारकर्मीहरुलाई हौसला प्रदान हुने गरी स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा उपाध्यक्ष भण्डारीले संस्थाको उज्जवल भविष्यको शुभकामना सहित धन्यवाद ज्ञापन गर्नुभयो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?