प्रेस संगठन कैलालीद्वारा पत्रकारलाई प्रेस ज्याकेटसहित स्वास्थ्य सामाग्री उपलब्ध

५ years अगाडी teraibulletin

प्रेस संगठन कैलालीद्वारा पत्रकारलाई प्रेस ज्याकेटसहित स्वास्थ्य सामाग्री उपलब्ध

यज्ञराज उपाध्याय, टीकापुर । प्रेस संगठन कैलाली शाखाले जिल्लाका विभिन्न ठाउँमा कार्यरत पत्रकारलाई प्रेस ज्याकेटसहित केही स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

यहि सिलसिलामा धनगढीबाट टीकापुर पुगेको संगठनको टोलीले टीकापुरका पत्रकारलाई समेत उक्त सामाग्री उपलब्ध गराएको हो । प्रेस संगठन कैलालीका अध्यक्ष हरिष विकको अध्यक्षतामा भएको अनौपचारिक कार्यक्रममा टीकापुरका पत्रकारहरुमध्ये पहिलो चरणमा २० जना पत्रकारलाई सामाग्री दिइएको हो । दुदुई थान ह्यान्ड ग्लब्स र स्यानिटाइजर, एउटा एन९५ मास्क, केही सर्जिकल मास्क पत्रकारलाई वितरण गर्दै अध्यक्ष विकले दोश्रो चरणमा अपुग भएका पत्रकारहरुलाई उपलब्ध गराइने बताउनुभयो ।

संगठनले जिल्लाको विभिन्न ठाउँमा यस्ता सामाग्री वितरण गरेको थियो । नोबेल कोरोना भाइरसका कारण मुलुक लकडाउनमा भएपनि पत्रकारहरुले सुचना सम्प्रेषण र रिपोर्टिङका लागि हिडिरहनुपर्ने र सम्बन्धित मिडियाको प्रेस कार्डले मात्र भन्दा पनि प्रेस ज्याकेट भए रिपोर्टिङमा सहज हुने उद्देश्यले वितरण गरिएको अध्यक्ष विकले बताउनुभयो । यसअगाडि टीकापुरमा नेपाल प्रेस युनियनले टीकापुरका पत्रकारलाई प्रेस ज्याकेट उपलब्ध गराएको थियो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?