लकडाउनबाट प्रभाबित भएका पीड़ित,असहायलाइ युवा नेता सरार्फले बाड़े राहत

५ years अगाडी teraibulletin

लकडाउनबाट प्रभाबित भएका पीड़ित,असहायलाइ युवा नेता सरार्फले बाड़े राहत

पर्सा ७ जेठ –विश्वभर महामरीको रुपमा नै फैलिएको नोबेल कोरोना भाइरस अर्थात कोभिड -१९ बाट बाच्नको लागी सरकार नेपाल अधिराज्यभर गरेको लकडाउनबाट प्रभाबित भएका अति बिपन्न परिवारहरुलाई युवा नेता,एवम समाजिक अभियन्ता ओमप्रकाश सरार्फले आफ्नो निजी खर्चमा निरन्तर राहत बितरण गर्दै आएका छन ।

उनले आज (बुधबार)  पनी आफ्नो निजी लागतमा दुई दर्जन अति बिपन्न परिवार तथा डेरा गरि बस्ने मजदुर परिवारलाई प्रती परिवार आठ किलो चावल ,दाल,लगायतका राहत समाग्री बितरण गरिएको बताइएको छ l

महामारिको समयमा भोकै कोही न बसून भने उदेश्यले आफु जती सक्दै छू त्यति नै बितरण गर्दै आएको उनले तराई खबरलाई बताए l उनले भने म सक्दो समाज प्रतिको उतरदायित्व निर्वाह मात्र गरेको बताए l

बिगतमा समेत राहत तथा आवश्यक सामग्री बितरण गर्दै आएका थिए

युवा नेता सरार्फले बिगत ६५ दिन देखि घर दैलो गर्दै मासक साबुन बितरण,गर्दै आएका छन भने उनले समय समयमा जन चेतनामूलक कार्यक्रम गर्दै आएका छन l उनले दिनदु:खीलाइ समय काल खण्ड अनुसार राहत बितरण गर्दै आएको युवा नेता सरार्फको टिममा स्वयंसेवकको रुपमा युवा अभियन्ताहरु किसु सरार्फ,संजय पटेल,रन्जित पटेल ,बिबेक श्रीवास्तव लगायतले सहयोग गर्दै आएका छन।

अहिले सम्म सात हजार मास्क,साबुन, र विभिन्न संस्थाको सहयोग र निजि ब्यवस्थापनमा करिब चार सय परिवारलाई राहत बितरण गरि सकेको अभियन्ता किसु सरार्फले बताए। अहिलेको अवस्थामा समाज यस्ते ब्यक्ति भईदिएको भए कोही पनी खुकै बस्नु पर्ने बाध्याता न आउने समाजका अगुवा तथा बुद्धिजीबीहरुले बताएका छन l

अन्तिम अपडेट २०७७/ जेठ ७ गते –बुधबार 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?