मधेशिलाई अपमान गरेको भन्दै कृषि टिभी नेपाललाई कर्वाहिको माग

५ years अगाडी teraibulletin

मधेशिलाई अपमान गरेको भन्दै कृषि टिभी नेपाललाई कर्वाहिको माग

पर्सा ७ जेठ –मधेशी समुदायको मजाक उडाएको भन्दै कृषि टिभी नेपाललाई प्रदेश २ सरकारले कारवाहीको माग गरेको छ । केन्द्रिय सुचना तथा सन्चार मन्त्रीलाई पत्र लेख्दै प्रदेश २ सरकारका मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले आज (बुद्धबार) कानुन बमोजिम कारवाहीको माग गरेका हुन ।

उक्त टिभीबाट प्रसारित हुने कार्यमक्रम कोरोना बिर्साउने गफगाफ हिजो (मंगलबार) को प्रसारित इपिसोडमा प्रयोग भएको शब्द र सांकेतिक हाउभाउप्रति आपत्ति जनाउदैं प्रदेश २ सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपालको वर्तमान संविधानको विभिन्न धारा र उपधारामा व्यवस्था भए विपरीत सो टिभीको कार्यक्रममा कानुन उल्लङ्घन गरी वर्ग विशेषलाई अपमान गर्ने र होच्याउने काम गरिएको पत्रमा उल्लेख छ ।

जनताको संवैधानिक र कानुनी हक संरक्षण गर्न विभेदकारी कार्यक्रम निर्माण र प्रसारणमा रोक लगाउन मुख्य न्याधिवक्ता झाले केन्द्रिय सन्चारमन्त्रीसँग माग गरेका उक्त पत्रमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट २०७७/ जेठ ७ गते-बुद्धबार

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?