सिरहाको मिर्चैयामा नौ दिन देखि बेपता रहेका यादव मृत फेला

५ years अगाडी teraibulletin

सिरहाको मिर्चैयामा नौ दिन देखि बेपता रहेका यादव मृत फेला

सिरहा७ जेठ –सिरहा जिल्लाको मिर्चैया नगरपालीका वडा नं. ५ का अन्दाजी ३५ वर्षिय संजिव कुमार यादवको नै दिन पछि मिर्चैया नगरपालीका वडा नं.५ इमली डाँडा भन्ने ठाउँमा कुहिएको शव फेला परेको छ । पारिवारिक स्रोत अनुसार संजिव वैसाख २९ गते घर वाट खाजा खाएर निस्किएको थिए त्यस लगत्तै परिवार संग सम्पर्क भएन र विगत देखी नै विभिन्न ठाउँमा खाजी गरिएको तर हिजो मात्र गोठालाहरुले शव देखे पछि प्रहरीलाई खवर गरिएको थियो ।

पारिवारिक श्रोतका अनुसार, पछिल्लो समय उनी ऋणको चापका कारण तनावमा थिए साहुहरु घरमा आएर विभिन्न किसिमको धाक धम्की देखाउने साथै लक डाउनको समस्या ले गर्दा मानसिक तनावमा रहेका थिए । केहि समय शिक्षण पेशामा समेत काम गरेका उनी पछिल्लो वर्ष कृषि क्षेत्र तिर लागेका थिए ।

तर, सिँचाइको कारण त्यसमा समेत अपेक्षित आम्दानी हुन नसकेर घाटा व्यहोर्नु परेपछि तनावमा परेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक का एक परिवार र दुई नावालक छोरा समेत रहेको जनाएका छन् । शव हिजै भेटिएपनि उठाएर ल्याउन सक्ने अवस्थामा नरहेका कारण अहिले प्रहरी चिकित्सकको टोलीसहित घटनास्थल पुगेको छ ।

शव परीक्षणका लागि रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानबाट चिकित्सक बोलाइएको छ । परीक्षण रिपोर्ट आएपछि मात्रै घटना बारे केहि भन्न सकिने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तु प्रसाद जैसवारले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) जैसवारले जनाएको छ

अन्तिम अपडेट २०७७/ जेठ ७ गते-बुद्धबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?