पर्सा ८ जेठ –नेपालमा आज बिहान सम्म नोबेल कोरोना भाइरस अर्थात कोभिड -१९ को संख्या ४४४ पुगेको छ l स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एका बिहाने प्रकाशित गरेको प्रेस विज्ञप्तिमा १७ जाना कोरोना संक्रमित थपिएको जनाएको छ l
बी.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणको क्रममा १७ जनामा पोजेटिभ कोरोना पाइएको सो मन्त्रालयले जनाएको छ l संक्रमित हुनेमा झापाको कन्चनकवल गाउपालिका वडा न:-३,६,८ निवासी १८,१८,१९,१९,१२,२३,२३,२५,२६,२६,२८,३०,३२,३७,४६ वर्षका पूरुषहरू रहेका छन l
यसै गरी धनकुटा निवासी ३४ बर्षीय पुरुष र सुन्सरीको धरान उप-माहानगरपालिका निवासी ५१ बर्षीय महिला रहेको मन्त्रालयले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ l संक्रमित सबै जना सवास्थ्यकार्मिको सम्पर्कमा रहेका छन र उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालय सह-प्रवक्ता डा.समीर कुमार अधिकारीले बताएका छन l
अन्तिम अपडेट २०७७/ जेठ ८ गते-बिहीबार