धर्मेन्द्र कुमार यादव- महोत्तरी,
महोत्तरी जिल्लाको सोनमा गाउपालिकामा बिहिवार बिहानै एक जना लाई पानीमा डुबाएर हत्या गरेको छ।
सोनमा ७ सुन्दरपुर बस्ने बर्ष ६७ को दिपलाल राय यादवलाई माबी सुन्दरपुर नजिकै रहेको पोखरीमा डुबाएर हत्या गरेको छ। हत्या गर्नेमा सोनम ३ रघुनाथ पुर बस्ने २७ बर्षिय मानसिक अबस्था ठिक नभएको जयनाथ यादव रहेको छ।
हत्या गर्ने यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ र शवलाई पोस्टमार्टम को लागि जिल्ला अस्पताल जलेश्वर पठाएको कुरा मगर थाना प्रहरी चौकीका इन्चार्ज राम किशुन यादवले जनाएको छ।