स्थानीय प्रशासनले संचारकर्मी प्रतिको आफ्नो रवैया नसुधारे रेडियो बन्द गरेर साचो प्रशासनलाइ बुझाउने चेताउनी

५ years अगाडी teraibulletin

स्थानीय प्रशासनले संचारकर्मी प्रतिको आफ्नो रवैया नसुधारे रेडियो बन्द गरेर साचो प्रशासनलाइ बुझाउने चेताउनी

पर्सा ८ जेठ –स्थानीय प्रशासनले असहयोग गरेको भन्दै पर्साबाट सञ्चालित रेडियोका संचालकहरुले साँचो बुझाउने निर्णय गरेका छन् । रेडियो सञ्चालनका लागि आवश्य पर्ने जनशक्ति आवतजावतमा स्थानीय प्रशासनले रोक लगाउँदा प्रशारणमा नै समस्या परेको भन्दै साँचो बुझाउने निर्णय गरेका हुन् ।

यो महामारीका बेला आफ्नै ज्यानको बाजी राखेर सचेतना फैलाउन उल्लेख्य भूमिका निर्वाह गरिरहेका बेला स्थानीय प्रशासनले रेडियो सञ्चालनका लागि जनशक्ति आवतजावतमा रोक लगाउनु उपयुक्त नभएको भन्दै प्रशारण बन्द गरेर साँचो बुझाउने निर्णय गरेको रेडियो वीरगञ्जका संचालक ध्रुव साहले बताए ।

बिहीबार बसेको बैठकले शुक्रबार बिहानसम्म स्थानीय प्रहरी प्रशासनको रबैयामा सुधार नआए भोलि साँझ ५ बजेदेखि ७ बजेसम्म २ घण्टा रेडियोको सम्पूर्ण प्रशारण बन्द गर्ने र पर्सि स्थानीय प्रशासनलाई साँचो बुझाउने निर्णय गरेको बैठकमा सहभागी ब्रोडकास्टिङ एशोसियशन बानका प्रदेश २ संयोजक आरसी यादवले बताए ।

यस्तै सामाजिक दूरी कायम गर्दै न्यून जनशक्तिमा आवश्यक सुरक्षा व्यवस्था मिलाएर बाहिरी आवतजावतलाई पनि रोक लगाउँदै रेडियो सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ। अहिले पनि न्यून जनशक्ति र आवश्य सुरक्षा अपनाएर सबै रेडियोले प्रशारणको व्यवस्था मिलाएको पर्साबाट संचालित रहेको रेडियोको संचालकहरुले बताएका छन। अहिले स्थानीय प्रसासन बिभिन्न बहानाबाजी गर्दै संचारकर्मीलाइ रेडियो सम्म आउन जानमा अवरोध सृजना गरिरहेको आरोप समेत लगाएका छन l

अन्तिम अपडेट २०७७/ जेठ ८ गते-बिहीबार

 

 

 

 

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?