भारतबाट फर्केका बाराका युवामा कोरेना पोजेटिभ

५ years अगाडी teraibulletin

भारतबाट फर्केका बाराका युवामा कोरेना पोजेटिभ

काठमाडौं । रोगजारीका लागि भारत गएका एक नेपाली युवामा कोरोना पोजेटिभ देखिएको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय शहर आदापुरको क्वारेन्टाइनमा रहेका बारा जिल्ला पचरौता नगरपालिका १ का ३० वर्षीय युवकको क्वारेन्टाइनमै कोरोना परिक्षण गरिएको जानकारी पाएको बारा प्रहरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

उनी दुई दिन अघि मात्र नेपाल आई नेपाली क्वारेन्टाइनमा रहेका थिए । भारतमा गरिएको परिक्षणको नतिजा आज प्राप्त हुनासाथ भारतीय प्रहरीले सीमामा रहेको सिम्रनगढ प्रहरी चौकीलाई उक्त युवामा कोरोना पोजेटिभ देखिएको जानकारी गराएको थियो ।

अहिले ती युवालाई कलैया अस्पतालमा ल्याई थप परीक्षण गरिने र सोही अस्पतालको आइसोलेसनमा राखिने समेत उपरीक्षक पंगेनीले बताए ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?