दक्षिण अफ्रिकामा कोरोनाबाट पहिलोपटक नवजात शिशुको मृत्यु
एजेन्सी, दक्षिण अफ्रिकामा कोरोना भाइरस संक्रमणका कारण पहिलोपटक एक नवजात शिशुको मृत्यु भएको छ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले देशमा मृत्यु संख्या बढ्दै गएको जनाएको छ। हालसम्म त्यहाँ ३ सय ३९ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्री ज्वेली मखिजका अनुसार दुई दिनको शिशु समय अगावै जन्मिएका थिए। जन्मनासाथ उनलाई फोक्सोको समस्याका कारण तत्कालै भेन्टिलेटरमा राखिएको थियो।
ुआमामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। पछि शिशुमा पनि कोरोना संक्रमण पुष्टि भयो। यो बाहेक समयपूर्व जन्मिएका कारण शिशुमा रहेको जटिलताहरुको मूल्याङ्कन गर्नु पनि महत्त्वपूर्ण छ,ु उनले भने।
दक्षिण अफ्रिका अफ्रिकामा सबैभन्दा बढी कोरोना संक्रमित भएको देश हो।
पछिल्लो २४ घण्टामा मात्र ८ सय ३ जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै दक्षिण अफ्रिकामा संक्रमित संख्या १८ हजार ३ पुगेको छ।
संक्रमितमध्ये ८ हजार ९ सय ५० जना निको भइसकेका छन् भने ८ हजार ७ सय १४ वटा सक्रिय केस छन्।