धनुषाधाम नगरपालिकाले ५ सय शैय्या सहितको क्वारेन्टाइन विस्तार

५ years अगाडी teraibulletin

धनुषाधाम नगरपालिकाले ५ सय शैय्या सहितको क्वारेन्टाइन विस्तार

 तराइ खबर समाचारदाता- धनुषा,

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड १९) को रोकथाम एवं नियन्त्रणको पुर्व तयारी स्वरुप धनुषाको धनुषाधाम नगरपालिकाले ५ सय शैय्या सहितको क्वारेन्टाइन विस्तार गर्दै छ ।

कोरोनाका शंकास्पद व्यक्तिलाई राख्न सम्भावित समस्याको दृष्टिगत गर्दै धनुषाधाम नगरपालिका विभिन्न स्थानमा ५ सय शैय्यासहितको क्वारेन्टाइन निर्माणमा जुटेको हो ।

नगरपालिका धनुष माध्यमिक विद्यालयमा ३८ शैय्याबाट सुरु गरिएको क्वारेन्टाइन हाल १ सय शैय्या थप गरेर १ सय ३८ बेडको बनाइएको थियो ।

तर सरकारले नेपाल–भारत सीमामा रोकिएका नेपाली नागरिकलाई व्यवस्थापन गर्न तिनीहरुलाई भित्रियाउन लाग्दा बस्ने समस्या हुने अनुमान गर्दै क्वारेन्टाईनको संख्या धनुषाधाम नगरपालिकाले थप्न लागेको जनाइएको छ ।

धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले नेपाल–भारत सीमामा रोकिएका नेपाली नागरिक आउने क्रम बढ्दै गएको कारण क्वारेन्टाइन र शैय्या संख्या थप्न लागेको जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर ९ स्थित धारापानी माविमा हाल १ सय शैय्याको क्वारेन्टाईन निर्माण भइरहेको र शंकास्पद व्यक्ति बढेपछि त्यसमा पुर्वाधारको हिसाबले २ सय शैय्या सम्म लैजाने र थप क्वारेन्टाईनका लागि नगरपालिका भित्र उचितका ठाउँको खोजी भइरहेकोले निश्चित भएपछि ५ सय शैय्यासम्म पुरयाउने जानकारी उनले दिए ।

हाल धनुष मावि क्वारेन्टाईनमा ३३ जना शंकास्पद व्यक्ति रहेका छन । जसमध्ये ३० जना भारतको विभिन्न स्थानबाट २ जना बारा सिमरा र १ जना कतारबाट आएको शंकास्पद व्यक्तिहरु बस्दै आएका छन् । भारतबाट आएका मध्ये ७ जना जटही नाका र अन्य सीमाबाट लुकिछिपी आएका छन् ।

नगरका मेयर मण्डलले भने– आम जनता कोरोनाबाट आफै जागरुक भइसकेका छन भारत वा अन्य मुलुकबाट लुकिछिपी आएकाहरुलाई गाउँमा बस्द दिदैन । क्वारेन्टाईनमा रहेका मध्ये कयौं यस्ता व्यक्ति छन्, जसलाई गाउँमा बस्न नदिएपछि तिनीहरुलाई नगरपालिकाले सुरिक्षत साथ ल्याएर राखेका छन् ।

सरकारले तोकेको मापदण्ड अनुसार निर्मित सो क्वारेन्टाईनमा बस्नेहरुलाई बिहान बेलुका दुई पटक खाजा र बिहान र राति गरी दुई पटक पोसिलो खाना नगरपालिकाबाट उपलब्ध गराइँदै आएको जानकारी गराउँदै उनले प्रत्येक बेड समाजिक दुरीको हिसाबले राखिएका र  झुल, पंखा, नुहाउने र शौचालयको व्यवस्था समेत गरिएको जनाए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?