मन्त्रीपरिषदको बैठ आज बिहान १० बजे बस्दै

५ years अगाडी teraibulletin

मन्त्रीपरिषदको बैठ आज बिहान १० बजे बस्दै

काठमाडौं, ९ जेठ- मन्त्रिपरिषदको बैठक आज (शुक्रबार)  बस्दैछ ।प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।

शुक्रबारको मन्त्रिपरिषद बैठकमा त्यो विषयले प्रवेश पाउने सम्भावना छ । त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने एक मन्त्रीले बताएका छन ।

 अन्तिम अपडेट २०७७/ जेठ ९ गते-शुक्रबार

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?