पर्सा ९ जेठ –आज शुक्रबार नेपालमा थप ३० जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार थप ३० जनामा कोरोना पुष्टि भएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको प्रेस विज्ञप्ति अध्यावधिक विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या तीस (३०) छ । जो नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ, चितवन निवासी ७४ बर्षीय पुरुष र ७३ बर्षीय महिला रहेकी छन ।
त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम न.पा.-३, १८ निवासी ३३, ३५ बर्षीय पुरुषहरू, १५ बर्षीय महिला रहेकी छन ; कपिलवस्तु बाणगंगा न.पा., मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ बर्षीय पुरुषहरू र ८ बर्षीय बालिका हुनुहुन्छ; सर्लाही, गोडैता न.पा.- ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ बर्षीय पुरुषहरू र १८ बर्षीय महिला रहेकि छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन ।
अन्तिम अपडेट २०७७/ जेठ ९ गते-शुक्रबार