आफताब आलमको घरमा प्रहरीको छापा, १२ राउण्ड हवाई फायर

५ years अगाडी teraibulletin

आफताब आलमको घरमा प्रहरीको छापा, १२ राउण्ड हवाई फायर

काठमाडौँ । राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको रौतहटमा रहेको घरमा प्रहरीले छापा मारेको छ ।
आफतावका भाई महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति आलमको घरमा छापा मारेको हो । तर त्यहाँ आलमलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

त्यहाँ पुगेका प्रहरीलाई स्थानीय बासिन्दाले अवरोध गरेका थिए । स्थानीय बासिन्दाले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ।

आलम घरमा लुकेर बसेको सूचना पाएपछि प्रहरी गएको तर उनी घरमा फेला नपरेका रौतहटका एसपी रविराज खड्काले बताए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?