संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने सरकारको निर्णय

५ years अगाडी teraibulletin

संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अन्तराष्ट्रिय सिमाना सहित जारी गरेको नयाँ नक्सा उल्लेख गरेर संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १३ गते बस्ने संसद बैठकमा पेश हुनेगरी संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । सरकारले तीन दिन अघि पश्चिमको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सालाई संविधानको अनुसूची ९३० मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय सरकारले गरेको हो।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?