जनताको लागी २० दिन मात्र होइन २० औ बर्ष धरना दिन्छौ:जब सम्म नारायणी अस्पताल जनरल हुदैन

५ years अगाडी teraibulletin

जनताको लागी २० दिन मात्र होइन २० औ बर्ष धरना दिन्छौ:जब सम्म नारायणी अस्पताल जनरल हुदैन

पर्सा ९ जेठ –वीरगञ्जको नरायणि अस्पतालमा जनरल सेवा पुन: सुचारु गर्न माग गर्दै सुरु गरिएको धर्ना कार्यक्रम आज २० औँ दिन पनि जारि रहेको छ ।जनता समाजवादी पार्टीका नेता एवम् तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका वीरगञ्ज महानगर कमिटि अध्यक्ष ओमप्रकाश सर्राफको अगुवाईमा सुरु भएको शान्तिपूर्ण धर्ना कार्यक्रममा आज २० औँ दिन पनि विभिन्न व्यक्तिहरुले नारायणी अस्पतालको जनरल सेवा पुन:सुरु गर्न माग गर्दी आफ्नो घर अगाडि एक घण्टा धर्ना दिएका हुन् ।

सरकारले नारायणी अस्पताललाई कोरना अस्पताल घोषणा गरेसँगै नारायणीको सम्पूर्ण सवाहरु ठप्प भएका छन् । सेवाहरु ठप्प हुँदा सेवाग्राहीलाई चर्को शुल्क तिरेर निजि अस्पतालमा उपचार गराउनु परेको छ ।नेता सर्राफलगयात धर्नामा सहभागी व्यक्तिहरुले नारायणीमा भर्ना गरिएका सङ्क्रमितहरुलाई तुरुन्तै अन्यत्र सारेर नारायणीको जनरल सेवा सुरु गर्नु पर्ने माग गर्दै आएका छन् ।

पर्सामा जसपाका नेजमोदिन समानि, मोनिका सिंह, मानवाधिकार कर्मि हरेन्द्र बाबा, गौरव सन्तोष पटेल, बारामा दिपेन्द्र केसरि,रौतहटमा बिबेक कुमार यादव,सर्लहिमा दिपक महतोलगायतले पनि हरेक दिन आफ्नो घर अगाडि एक घण्टा बसेर धर्ना दिने गरेका छन् ।

सर्राफजी आज तपाइलगायत बस्दै आउनु भएको २० औ दीन पूरा भयो थाक्नु भएन तपाई ?

नाइ हामी जनताको सेवक हौ र जब सम्म जनतालाई सुख शान्ति हुदैन हामीले जनताको लागी लड़ीरहने छौ चाहे त्यो २० दिन पुगोस या बीस वर्ष पुगोस हामीलाई मतल छैन l हामीलाई जनताको निकास र बिकास कसरी हुन्छ त्यस संग सरोकार छ l नेता सर्राफले भने :-तपाईलाइ थाह छ अहिले गरीब जनता,असहाय,निमुखा जनता उपचार नपाई कस्तो पीड़ामा छटपटाई रहेका छन l चर्को मूल्य तिरी निजी किलीनिकमा उपचार गराउन बाध्य छन l तय पनी कती अस्पतालले जनताको उपचार गर्न अस्वीकार गरेको छन l

आजको दिनमा सबै जना आफ्नो-आफ्नो स्वार्थमा लागेका छन जनताको दुःख पीड़ा कसले बुझ्याछ र आज लकडाउनको २ महीना भयो यस अवधि सम्म मात्र २०/२५ चामल ५ किलो आली २ किलो प्याज १ लीटर तेल बितरण भएको छ-जनताहरू कसरी दिन कटाएका  होलान यो महामरीको समयमा नेता सर्राफले प्रश्न गरे l

अन्तिम अपडेट २०७७/ जेठ ९ गते-शुक्रबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?