थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७

५ years अगाडी teraibulletin

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७

काठमाडौं । थप २० जनामा कोरोना भाइरस कोभिड१९० संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ५०७ पुगुेको छ ।

विगत २४ घण्टामा देशभरि ३,८१९ वटा परीक्षण गरिएको उनले बताए।

अहिलेसम्म सबै प्रदेश र ४० वटा जिल्लामा कोभिड-१९ भेटिएको छ। सर्वाधिक सङ्क्रमित प्रदेश नं ५ र २ मा छन्।

डा. देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ४२,४८८ वटा परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार अहिले देशभरि २७,८२९ जना क्वारन्टीनमा र सङ्क्रमित तथा सम्भावित सङ्क्रमितसहित ४३३ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।

प्रदेश नं ५ मा अहिले १५,९९९ जना क्वारन्टीनमा छन्। त्यसैगरी प्रदेश नं २ मा ५,९०६ जना र सुदूरपश्चिम प्रदेशमा २,६२९ जना छन्।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?