राहत नपाएर भिख माँग्न बाध्य भएका छन गरिब तथा विप्पन परिवार, सम्वन्धित निकाय माैन

५ years अगाडी teraibulletin

राहत नपाएर भिख माँग्न बाध्य भएका छन गरिब तथा विप्पन परिवार, सम्वन्धित निकाय माैन

नरेन्द्र महताे- गौशाला,

विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस काेविड १९ काे रोकथामको लागी दुई महीना देखी गरिएकाे लकडाउनका कारन प्रदेश न.२ काे सरकार द्वारा महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा वाँडिएका राहत माप द्णड विपरित रहेकाे विप्नन परिवारले जनाएका छन । चावल तीस किलाे, दाल पाँच किलाे ,अालु ,प्याज, नुनहरु त्यहि अनुपातमा पठाईएकाे थियाे । सरकारले बनाएका मापदण्डमा ज्वालादारी गर्ने,गरीव ,अतिविपन्न,विधिवा तथा जसलाई कुनै अाय उपाय नभएकाेहरुलाई राहत दिने भनिएकाे छ तर यस नगरपालिकामा त्यसाे नभएकाे कारण विप्न परिवारहरु राहत लिन बाट बन्चित भएका वडा न. ७ मुसहरहरु सामुदायले जनाएका छन ।

करिव दुई महीनाकाे लक डाउनकाे अवधिमा एक चाेटि नगन्य मात्रामा राहत दिएकाे भए ता पनि घर परिवारकाे संख्या अधिक भएकाेले परिवार पालन निकै सास्ति बेहाेर्नु परेकाे कमल सदाले जनाए। घर घडेरी,जग्गा जमिन र वाहिरि अाम्दानि भएकाेहरुलाई गाैशाला नगरपालिका वडाहरुले राहत दिईरहेकाेमा प्रतिपक्षिहरुले गुनासाे गरेका छन । प्रदेश सरकारले जसकाे निमित राहत पठाएकाे छ उसैलाई राहत दिएकाे भए कुनै विप्न परिवार राहत वाट बन्चित हुने थिएन।जुन राहत पाएका थिए त्याे राहत सकिएकाेले दाेस्राे चरणकाे राहत कहिले अाउँछ त्यसकाे अहिले सम्म अताेपताे नभएकाे कारण चुल्हाे बन्द भएर दिन रात खालि पेट सुत्न वाध्य भएकाे विप्न परिवारहरुले जनाएका छन

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?