धनगढी ९ जेठ –जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका एक जना थुनुवामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुमा रहेका आरोपितमा कोरोना संक्रमण देखिएको हो । गत चैत ६ गते भारतबाट नेपाल आएका ती व्यक्तिलाई वैशाख १५ गते पक्राउ गरिएको प्रहरी उपरिक्षक दिल्ली नारायण पाण्डेले जानकारी दिए।
सेती प्रादेशिक अस्पतालमा पिसिआर परिक्षणमा थुनुवामा रहेका एक जनालाई कोरोना पोजेटिभ देखिएको र अन्य ५ जनाको स्वाब संकलन गरि पठाईएको उनले बताएका छन ।उनमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय समेत सिल गरिएको छ । उनका अनुसार उनको सम्पर्कमा आएका आइसोलेसनमा राखिनेछ र त्याहा धेरै भन्दा धेरै उच्च सुरक्षा सतर्कता अपनाईने भएको छ
अन्तिम अपडेट २०७७/ जेठ ९ गते-शुक्रबार