थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६

५ years अगाडी teraibulletin

थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६

काठमाडौं । शुक्रबार साँझ थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भक्तपुर, मकवानपुर, सप्तरी र बारामा नयाँ संक्रमित फेला परेका हुन्। यो सहित संक्रमित हुनेको कूल संख्या ५१६ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ र किटजन्य रोग तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा ६ जना नयाँ संक्रमित फेला परेका हुन्।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?