कोरोना परिक्षणको लागी प्रदेश १ का मुख्यमन्त्री र सभामुखसहित १ सय ८५ जनाको स्वाब संकलन

५ years अगाडी teraibulletin

कोरोना परिक्षणको लागी प्रदेश १ का मुख्यमन्त्री र सभामुखसहित १ सय ८५ जनाको स्वाब संकलन

मोरङ १० जेठ –नोबेल कोरोना भाइरस  अर्थात कोभिड -१९ परिक्षणको लागी  प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीसहित १ सय ८५ जनाको स्वाब संकलन गरिएको छ ।जेठ १४ गतेदेखि सुरु हुने प्रदेशसभाको छैटौं तथा बजेट अधिवेशनअघि नै कोरोना भाइरसको सङ्क्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

प्रदेश १ संसद सचिवालयमा मुख्यमन्त्री राई, सभामुख प्रदीपकुमार भण्डारीसहित मन्त्रीहरु, प्रदेशसभाका सांसद, सचिवालयका कर्मचारी, मर्यादापालक तथा सुरक्षाकर्मी, प्रदेशसभामा रिपोर्टिङ गर्ने सञ्चारकर्मी, सवारी चालक लगायतको स्वाब संकलन गरिएको हो ।

शुक्रबार ४५ जना मन्त्री तथा सांसदको स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ।  बाँकी  प्रदेश सांसदहरुको आज स्वाब संकलन गरिने छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले संकलन गरेको स्वाबको परीक्षण रिपोर्ट आइतबारसम्ममा प्राप्त हुने जनाइएको छ ।

कोरोनाको जोखिम अहिले बढे संगै सबै क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ कोरोना भाइरसबाट अहिले सम्म नेपालमा सर्बसाधारण देखि प्रत्रकार र प्रहरीसमेत ग्रसित भएका छन l

 अन्तिम अपडेट २०७७ साल /जेठ १० गते -शनिबार 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?