राहतको विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, डेढ दर्जन घाइते

५ years अगाडी teraibulletin

राहतको विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, डेढ दर्जन घाइते

सिरहा।  सिरहाको नरहा गाउँपालिका(१ देवीपुरमा कोरोना प्रभावितहरुलाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा शुक्रबार वडा कार्यालयमै कुटाकुट भएको छ। त्यस कुटाकुटमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसका डेढ दर्जन बढी घाइते भएका छन्। उनीहरुको उपचारको लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ।

नेकपाका स्थानीय नेता कार्यकर्ताहरु दुखी चौधरी, चुमन चौधरी, शिवकुमार चौधरी, अजय चौधरी, गुणे चौधरी र कुलदेव चौधरी घाइते भएका छन्। त्यस्तै कांग्रेसका रामजीवन राय, रामचन्द्र यादव, अधिकलाल यादव, रामऔतार मण्डल, फौदार मण्डल, संजय यादव, राजीव मण्डल, नन्दु मण्डललगायत घाइते भएका छन्। उनीहरुलाई ढुंगा र लाठी प्रहारबाट शरिरको विभिन्न भागमा चोटपटक र टाउको फुटेको छ।

घाइतेमध्ये उर्मिला कामति, रामचन्द्र र रामजीवन रायलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको जिल्ला अस्पतालले जनाएको छ। दुई हप्ताअगाडी वडा कार्यलयबाट कोरोना प्रभावितहरुलाई राहत वितरण गरिएको थियो। त्यसमा केही व्यक्ति छुटेको भन्दै कांग्रेस र जनता समाजवादी पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले वडाअध्यक्ष अशोक साहसँग उनको घरमै पुगेर गुनासो गरेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?