मुस्लिम धर्मालम्बीहरूको पर्व इद उल फित्रको अवसरमा भोली सार्वजनिक बिदा

५ years अगाडी teraibulletin

मुस्लिम धर्मालम्बीहरूको पर्व इद उल फित्रको अवसरमा भोली सार्वजनिक बिदा

काठमाडौं १० जेठ – सरकारले मुस्लिम धर्मालम्बीहरूको पर्व इद उल फित्रको अवसरमा भोली (आइतबार ११ गते ) सार्वजनिक बिदा दिने भएको छ ।हिजो (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो l सोही निर्णय अनुसार गृहमन्त्रालयले एक प्रेस बिज्ञप्ति जारी गर्दै भोली आइतबार ११ गते सार्वजनिक बिदा दिएको जनाएको छ l

गृहले जारी गरेको प्रेस विज्ञप्तिमामा लिखिएको छ :-नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७७/०२/९ गते निर्णय अनुसार मुस्लिम धर्मालम्बीहरूको पर्व मिति २०७७/०२ /११ गते पर्ने भएकाले सो दिन सार्वजनिक बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी अनुरोध छ l

अन्तिम अपडेट २०७७/ जेठ १० गते-शनिबार

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?