बारामा एक पत्रकारकी श्रीमती कोरोना भाइरसबाट ग्रसित

५ years अगाडी teraibulletin

बारामा एक पत्रकारकी श्रीमती कोरोना भाइरसबाट ग्रसित

पर्सा १० जेठ –कोरोना भाइरसबाट बारामा एक पत्रकारकी श्रीमती समेत संक्रमित भएकी छन l

संक्रमित हुनेमा बाराको करैयामाई गाउँपालिका निवासी ३८ वर्षीय पत्रकारकी ३७ वर्षीया श्रीमतीमा रहेकी छन lआज (शनिबार) बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा करैयामाई गाउँपालिकाकी ३७ वर्षीया एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको उल्लेख छ ।

करैयामाई गाउपालिका जन स्वाथ्य अधिकृत रामनाथ चौधरीका अनुसार कोरोनाको उक्त संक्रमण पुष्टि भएकी ती महिला यसअघि संक्रमित भएका पत्रकारकी श्रीमती रहेको रहेकी छन l

जन स्वाथ्य अधिकृत चौधरी भन्छन:-यो गाउँपालिकामा थप एकजना महिला संक्रमित भेटिएकी छिन्,उनी यसअघि संक्रमित पाइएका पत्रकारकी श्रीमती हुन् ।’ संक्रमित महिलाको स्वाब ५ दिन पहिले संकलन गरिएको उनले बताए ।यो सँगै बारा जिल्लामा संक्रमितहरुको सँख्या १२ पुगेको बताइएको छ ।

अन्तिम अपडेट २०७७/ जेठ १० गते-शनिबार

 

 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?