पर्सा १० जेठ-पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना संक्रमितहरु आज कोरोना मुक्त भई डिस्चार्ज भएका छन् ।कोरोना मुक्त भएका पर्साका ४, बाराका २ र रौतहटका ३ गरी ९ जनालाई आज अपरान्ह ४ बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालका कोरोना विभाग प्रमुख डा. उदयनारायण सिंहले जानकारी दिए।
उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. सिंहले जानकारी दिए ।डिस्चार्ज हुनेहरुमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का ३० वर्षिय युवक, वडा नं ३ का ५० वर्षिय, वडा नं १६ का ५१ वर्षिय र ४२ वर्षिय भारतीय नागरिक गरी चार जना रहेका छन्।
त्यसैगरी, बारा, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ४३ वर्षिय र सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का ३१ वर्षिय पुरुष गरी २ जना, रहेका छन् । यसैगरी रौहतट ईशनाथ नगरपालिका वडा नं ८ का १९ वर्षिय, वृन्दावन नगरपालिका वडा नं ८ का २४ वर्षिय र देवाही गोनाही नगरपालिका वडा नं १ करुनियाका २२ वर्षिय पुरुष रहेका छन् ।
नारायणी अस्पतालमा उपचारत ९ जना डिस्चार्ज भएपछि अब अस्पतालको आईसोलेशनमा ६२ जना र गण्डक अस्पतालको आईसोलेशनमा २५ जना गरी ८७ जना संक्रमितहरुको उपचार बीरगञ्जमा जारी रहेको छ । जसमा १५ जना महिला र ७२ जना पुरुष रहेका छन् ।
अन्तिम अपडेट २०७७/ जेठ १० गते-शनिबार